बाल यौन दुरुपयोगमा दोषी ठहर भएका बमजनलाई सिन्धुपाल्चोकमा ३ लाख धरौटी मागियो

काठमाडौँ । आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुरमा जिल्ला अदालत सिन्धुपाल्चोकले तीन लाख रुपैयाँ धरौटी माग गरेको छ । बम्जनलाई सर्लाही जिल्ला अदालतले असार १७ गते बाल यौन दुरुपयोगको मुद्दामा १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि कैद भुक्तान गरिरहेका उनलाई अर्को मुद्दा अगाडि बढाउन सिन्धुपाल्चोक लगिएको थियो । अदालतको आदेशपछि उनलाई सिन्धुपाल्चोक कारागार लगिएको छ ।
जिल्ला अदालत सिन्धुपाल्चोकले बम्जनले व्यक्ति बेपत्ता पारेको भन्दै दायर भएको मुद्दामा सोमबार सुनुवाइ गर्दै तीन लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो ।
वीरबहादुर रुम्बाले आफ्नी छोरी फूलमाया रुम्बालाई बेपत्ता पारेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीमा प्रहरीले अनुसन्धान सकेपछि सरकारी वकिल कार्यालयले साउन १३ गते आइतबार मुद्दा दायर गरेको थियो । न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले बम्जनसँग ३ लाख धरौटी माग गर्ने आदेश गरेको हो । अदालतले धरौटी माग गरेपनि उनी तत्कालै धरौटी बुझाएर रिहा भने हुने छैनन् ।
यसअघि अर्को मुद्दामा दोषी ठहर भएकाले उक्त कैद भुक्तानीका लागि उनी थुनामा रहने छन् । बम्जनलाई अब नुवाकोट र जाहेरी रहेको अन्य अदालतमा क्रमशः पेस गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा
-
कोशी प्रदेश प्रमुखद्वारा ५ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)
-
लागुऔषध मुद्दामा गाउँपालिका अध्यक्षलाई एक वर्ष जेल र दुई लाख जरिवाना
-
फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व
-
उच्च अदालतको फैसला- अब रवि र छविको मुद्दा एकैसाथ हेरिने
-
भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना, ८ जना घाइते