मन्त्रिपरिषद् बैठक
२२ जना सचिवको सरुवा
सोमबार, १४ साउन २०८१, २० : ३४
काठमाडौँ । सरकारले २२ जना सचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
अर्थ सचिवमा अर्थकै राजश्व सचिव डा. राम प्रसाद घिमिरेले जिम्मेवारी पाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुष्टि गरेको छ । अर्थ सचिव मधु कुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय सरुवा भएका छन् । त्यसैगरी राजश्व सचिव घिमिरेको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) दिनेश घिमिरेलाई ल्याइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिथुआनिया पठाइदिने भन्दै ११ लाख ठग्ने गौतम पक्राउ
-
जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : तीन वर्षदेखि विरामी सचिनलाई राज्यले गरेन सहयोगदेखि रविको ‘थाहा छैन’ थेगो संगठित अपराधको ‘कोड भाषा’!
-
बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
एमालेले भीम रावललाई निष्कासन गरेको विषयमा माओवादीले भन्यो– तानाशाही हर्कत !