बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
मन्त्रीपरिषद् बैठक

तीन प्रदेश प्रमुख हेरफेर

सोमबार, १४ साउन २०८१, २० : २१
सोमबार, १४ साउन २०८१

काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो ।

बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएको एक मन्त्रीले जानकारी दिए ।  

यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप