बम्बई उच्च अदालतले पतञ्जलि आयुर्वेदमाथि लगायो जरिवाना

नयाँ दिल्ली । भारतकाे बम्बई उच्च अदालतले योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलि आयुर्वेदलाई चार करोड रुपैयाँ भारुकाे जरिवाना लगाएको छ । अगस्त २०२३ मा दिएको आदेशको अवज्ञा गरेको भन्दै यो जरिवाना लगाएको हो । बम्बई उच्च अदालतले अगस्ट २०२३ मा पतञ्जलि आयुर्वेदलाई कपूर उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाउन आदेश दिएको थियो ।
मंगलम अर्गानिक्सले गत वर्ष एक याचिका दायर गरी पतञ्जलिका कपूर उत्पादनहरूले यसको ट्रेडमार्क उल्लङ्घन गरिरहेको बताएको थियो । यस याचिकाको सुनुवाइ गर्दै उच्च अदालतले पतञ्जलिलाई कपूरका उत्पादनहरू बिक्री नगर्न आदेश दिएको थियो । अदालतको फैसलापछि पनि पतञ्जलिले कपूर उत्पादन बिक्री जारी राखेको निवेदकको दाबी छ ।
जुलाई २ मा पतञ्जलिले अदालतमा माफी माग्दै अदालतको फैसला पालना गर्ने बताएको थियो । तर कम्पनीले माफी मागे पनि कपूर उत्पादनको बिक्री जारी राखेको भन्दै उच्च अदालतले पतञ्जलिलाई ४ करोड रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ । अदालतले यो जरिवाना तिर्न पतञ्जलिलाई दुई साताको समय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट
-
समान चरित्र बोकेका बेंगलुरु र पञ्जाब आपसमा भिड्दै, पाँचौँ जितको खोजी
-
प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा उच्चतम प्रयास भएको छ : मुख्यमन्त्री पाण्डे
-
३६७ किलो गाँजासहित ५ जना प्रहरीको नियन्त्रणमा
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण