धनगढीमा रोकेर राखेको ट्रकमा मृत भेटिएका पुरुषको भएन सनाखत

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रोकेर राखेको लोडेड ट्रकमा मृत भेटिएका पुरुषको सनाखत भएको छैन । वीरगन्जबाट सरिया र प्लाष्टिकको बोरा लोड गरेर ल्याएको ट्रक एन्जल ट्रेडर्स एण्ड सप्लायर्स अगाडि पार्किङ गरेर राखेको र साउन १३ मा अनलोड गर्नेबेला पुरुष अचेत अवस्थामा भेटिएका हुन् ।
उपचार गर्न प्रादेशिक अस्पताल धनगढीमा लगिएको र चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर गंगा दत्त बडूले रातोपाटीलाई बताए ।
सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक सामान लिएर साउन ९ मा नै वीरगन्जबाट धनगढी पुगेको हो । ट्रक चालक कञ्चनपुर घर भएका लबिन्द्र राना र सहचालक ओम प्रकाश रानालाई प्रहरीले पक्राउ गरेको छ । शव पोष्मार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।
सामान अनलोड गर्ने बेलामा चालक र सहचालक पुग्दा पुरुष व्यक्ति लोड गरिएको सामानमाथि अचेत अवस्थामा भेटिएका हुन् । उनी रोकेर राखेको अवस्थामा ट्रकमा चढेर सुतेको हुनसक्ने आशंका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ