सरकारसँग विपद्मा उद्धार, राहतलगायतको काममा लागि पर्याप्त सामग्री छैन : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारसँग विपद् व्यवस्थापनका लागि सामग्रीहरूको अभाव रहेको बताएका छन् ।
सोमबार सांसद डा. तोसिमा कार्कीले पेस गरेको ‘विपद् व्यवस्थापनमा पुनरावलोकन, वृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी’ सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा स्वीकार गरेका हुन् ।
मन्त्री लेखकले विपद्मा राहत र उद्धारका लागि पर्याप्त जनशक्ति पनि नभएको बताए । उनले विपद्का लागि थप जनशक्ति र सामग्रीको व्यवस्था गर्ने काममा सरकार गम्भीरतापूर्वक लागिपरेको बताए । चालु मनसुन अवधिका लागि नेपाली सेनाको १० हजार ८४७, नेपाल प्रहरीको १० हजार ५८५, सशस्त्र प्रहरी बल, नेपालको ९ हजार ९२४ जनशक्ति परिचालनका लागि तयारी अवस्थामा राखिएको उनले बताए ।
गृहमन्त्री लेखकले विपद् व्यवस्थापनका लागि सरकारले स्थानीय तहसम्म नै परिचालन हुनेगरी जोखिम न्यूनीकरणको उपाय अवलम्बन गरेको बताए ।
उनले भने, ‘ यस वर्षको मनसुन अवधिका लागि नेपाली सेनाको १० हजार ८४७, नेपाल प्रहरीको १० हजार ५८५, सशस्त्र प्रहरी बल, नेपालको ९ हजार ९२४ जनशक्ति परिचालनका लागि तयारी अवस्थामा राखिएको छ । सुरक्षा निकायसँग विपद् प्रतिकार्यका लागि चाहिने औजार, उपकरणहरू तयारी अवस्थामा राखिएको छ । मैले आग्रह गरे–कतिपय पर्याप्त छैनन् । र यसमा थप गर्नुपर्नेछ । र यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ ।’
मन्त्री लेखकले विपद् व्यवस्थापनका लागि दक्ष जनशक्ति निर्माणमा पनि ध्यान दिनुपर्ने अवस्था रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा युद्धविराम सम्झौताको मस्यौदालाई हमासले दियो मञ्जुरी
-
अहिलेको सन्दर्भमा समाजवादको सही बाटो कसरी पहिल्याउने ?
-
प्रधानमन्त्रीबाट कर्मक्युर होटेल उद्घाटन
-
रोहित शर्मादेखि यशस्वीसम्म घरेलु क्रिकेट खेल्ने तयारीमा, विराट कोहलीको टुंगो छैन
-
ऐन कानुन कार्यान्वयन अन्तरक्रियाबारे प्रतिवेदन हस्तान्तरण
-
भूमिसम्बन्धी अध्यादेश आज जारी हुन्छ : प्रधानमन्त्री