सव–इन्जिनियरसहित तीनजनाविरुद्ध आरोपपत्र दायर
सोमबार, १४ साउन २०८१, १६ : ५६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय चौताराका सव इन्जिनियरसहित तीन जनाविरुद्ध विशेष अदालतमा आरोपत्र दायर गरेको छ ।
अख्तियारले दोलखाको विगुस्थित पिपल डाँडा ग्रामिण सडकको स्तरोन्नतीको भुक्तानी लिने क्रममा सव इन्जिनियर हिराबाबु थापासहित सुपरभाइजर नहकुल शिवाकोटी र सुम्वा शेर्पाले सेवाग्राहीसँग कमिशनवापत ८० हजार रकम लिएको जनाएको छ । थापाले शिवाकोटी र शेर्पालाई सेवाग्राहीसँग उक्त रकम लिन लगाएको अख्तियारले जनाएको छ ।
अख्तियारले तीनैजनालाई ८० हजार जरिवाना र विगो दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’