यो हो बेवारिसे छाडिएको विश्वको सबैभन्दा अग्लो भवन

बेइजिङ । गोल्डिन फाइनान्स ११७ निर्माणकै क्रममा अपुरो छाडिएको ५९७ मिटर अग्लो गगनचुम्बी भवन हो । यो भवन चीनको सातौँ ठुलो सहर तियान्चिनको बाहिरी क्षेत्रमा छ ।
यसलाई सुरुमा तियान्चिनको विलासी रियल स्टेट प्रोजेक्टको रूपमा अगाडि बढाइएको थियो । सो भवन अहिले विश्वको सबैभन्दा अग्लो बेवारिसे भवनका रूपमा चर्चित छ । सन् २००८ मा यो भवन बनाउन सुरु गरिएको थियो ।
तर विश्वव्यापी आर्थिक मन्दीको असरले गर्दा त्यसको २ वर्षपछि नै निर्माण कार्य रोकियो । सन् २०११ मा पुनः यो परियोजनामा काम सुरु भयो । यसलाई सन् २०१८ देखि सन् २०१९ को बिचमा निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य थियो । तर सन् २०१५ को सेप्टेम्बरमा पुनः निर्माणको काम रोक्का भयो ।
त्यसयता अहिलेसम्म यसको काम सुचारु हुन सकेको छैन । निर्माणको काम रोकिँदा यो विश्वको पाँचौँ अग्लो भवन थियो । अहिले यो बेवारिसे अवस्थामा छाडिएको विश्वकै सबैभन्दा अग्लो भवन बनेको छ ।
यो भवन जमिनमाथि १२८ तलाको हुने बताइएको थियो । यसमध्ये ११७ तलालाई होटेल र व्यावसायिक स्थलका रूपमा र बाँकी ११ तलालाई मेकानिकल र सञ्चालन सेवाका लागि राखिने भएको थियो । जमिनभन्दा मुनि यो भवनमा अरू ४ तला थिए । तर अहिले यो भवन भूत बङ्गलामा परिणत भएको छ ।
यो भवनलाई चिनियाँ रियल स्टेट कम्पनी गोल्डिन ग्रुपले बनाउन थालेको थियो । त्यतिबेला सो कम्पनी चीनको रियल स्टेट बजारमा नयाँ खेलाडी थियो । बजारका कयौँ दाउपेच कम्पनीलाई थाहा थिएन । त्यसमाथि सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटले कम्पनीमाथि दबाब अरू बढाइदियो ।
सन् २०१५ मा भवन निर्माणको काम ५९७ मिटर माथि पुगेको उपलक्ष्यमा उत्सव पनि मनाइयो । तर त्यसपछि निर्माणको सबै काम रोक्का भयो । चीनको सेयर बजारमा मूल्य वृद्धिको फोका फुटेपछि गोल्डिनसँग आफ्नै सेयर मूल्यलाई ‘अफ्लोट’ राख्ने जगेडा पैसा समेत भएन ।
सेयर मूल्य घट्दै गएपछि कम्पनीसँग अपुरो भवन हेरेर बस्नु बाहेकको विकल्प थिएन । तियान्चिन जस्तो दोस्रो स्तरको सहरमा त्यति ठुलो विलासी परियोजना थाल्नु नै कम्पनीको खराब निर्णय भएको एकाथरी विज्ञ बताउँछन् । यसलाई एक विश्लेषकले न्यूयोर्कको हड्सन यार्ड्स फिलाडेल्फियाको बाहिरी क्षेत्रमा बनाउन खोज्नु भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत
-
७ दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट
-
समान चरित्र बोकेका बेंगलुरु र पञ्जाब आपसमा भिड्दै, पाँचौँ जितको खोजी
-
प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा उच्चतम प्रयास भएको छ : मुख्यमन्त्री पाण्डे
-
३६७ किलो गाँजासहित ५ जना प्रहरीको नियन्त्रणमा