विश्व बाघ दिवस
सदर चिडियाखानामा बाघ हेर्नेको भीड (तस्बिरहरु)
सोमबार, १४ साउन २०८१, १४ : ४७

काठमाडौँ । जुलाई २९ आज विश्व बाघ दिवस, नेपालसहित विश्वभर मनाइँदैछ । साे दिवसको अवसरमा आज राजधानीमा विशेष कार्यक्रम आयोजना समेत गरिएको छ ।
बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ ।
उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ रहेका छ । बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्यांक छ।
सोही अवसरमा आज ललितपुरको जाउवाखेलस्थित सदर चिडियाखानामा बाघ हेर्ने सर्वसाधारणको भीड लागेको छ ।
हेरौँ तस्बिरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला
-
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
-
बुधबार सुनको मूल्य बढ्यो
-
आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
-
दोस्रो उपाधिको खोजीमा रहेका गुजरात र राजस्थान आपसमा भिड्दै
-
अमेरिका–चीनबिच ट्यारिफ तनावले एसियाली शेयर बजारमा गयो पहिरो