अमुक पार्टीले संविधान संशोधन गरे प्रतिरोध गर्छौ : मोदी
सोमबार, १४ साउन २०८१, १४ : ४७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कुनै अमुक पार्टीले संविधान संशोधन गरे प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मोदीले सत्तारुढ दल र तिनका नेताहरूले अहिले संविधान संशोधनको कुरा गरिरहेको भन्दै त्यसरी हुने संशोधनको प्रतिकार गर्ने बताएका हुन् ।
‘यो देशको संविधान त्यसै बनेको होइन । धेरै ठुलो संघर्ष, त्याग र बलिदानबाट यो संविधान बनेको हो’, उनले भने, ‘यस्तो संविधानलाई कुनै पार्टी या अमुक दलहरूले संशोधन गर्छ भने त्यसको प्रतिरोध हामीले गर्छौ ।’
उनले जनताको इच्छा र चाहानालाई मार्न नपाइने भन्दै । नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार सुशासन र विकास भन्दा पनि भ्रष्टाचारको ढाकछोप गर्न बनेको उनले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा
-
त्रिविका उपकुलपतिको राजीनापछि विश्वविद्यालय उपकुलपति विहिन
-
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
-
चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने
-
‘नरसिंहाः अवतार’ मा राजसँग रोमान्टिक अवतारमा देखिइन् सनिषा
-
भक्तपुरमा बिस्केट जात्रा सुरु