शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय

१ लाख ७५ हजार डलरमा बिक्यो राजकुमारी लेइयाले लगाएको सुनौलो बिकिनी

सोमबार, १४ साउन २०८१, १४ : १२
सोमबार, १४ साउन २०८१

लस एञ्जलस । हलिउड फिल्म स्टार वार्स फ्रेन्चाइजीमा क्यारी फिशरको पात्र राजकुमारी लेइयाले एउटा सुनौलो बिकिनी शैलीको पहिरन लगाएकी छिन् । सो फिल्मका लागि बनाइएको एउटा बिकिनी १ लाख ७५ हजार अमेरिकी डलरमा विक्री भएको छ ।

डल्लासस्थित लिलामी घर हेरिटेज अक्सनले शुक्रबार एउटा बिकिनी लिलामीमा बेचेको थियो । यो बिकिनी फिल्मको स्क्रिन टेस्टमा पनि पास भएको थियो । यसलाई फिशरले फिल्मको सेटमा पनि लगाएकी थिइन् ।

तर बिकिनी लगाएर अभिनय गर्न निकै अप्ठ्यारो भएपछि फिल्मको फाइनल भर्सनमा भने यो भन्दा अलि सजिलो खालको अर्को बिकिनीको प्रयोग गरियो । फिल्मको फाइनल भर्सनमा प्रयोग नभएको सोही बिकिनी शुक्रबार १ लाख ७५ हजार डलरमा बिक्री भएको हो ।

फिल्ममा सो बिकिनी लगाउनु आफ्नो ‘च्वाइस’ नभएको सन् २०१६ मा एउटा अन्तरवार्तामा फिशरले भनेकी थिइन् । सुरुमा फिल्मका निर्देशक जर्ज लुकासले बिकिनी देखाउँदा उनले ठट्टा गरे भन्ने फिशनले ठानेकी थिइन् । तर त्यो ठट्टा थिएन ।

बिकिनी लगाएपछि आफूलाई बस उठ्न गर्न पनि गाह्रो भएको अनि  अररो भएर उभिनुपर्ने अनि दह्रो भएर बस्नु वा उठ्नु परेको उनले बताएकी थिइन् । सो अन्तरवार्ता दिएको एक महिनापछि फिशरको मृत्यु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप