कीर्तिपुर क्रिकेट मैदानको भौतिक प्रगति संसद्मा मासिक रूपमा पेस गर्न डाँगीको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निशा डाँगीले कीर्तिपुरस्थित क्रिकेट मैदानको भौतिक प्रगति के भइरहेको छ ? भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेकी छन् । सरकारलाई सदनप्रति जबाफदेही बन्न आग्रह गर्दै डाँगीले समाचारका लागि बोल्ने र देखाउनका लागि घोषणा गर्ने प्रवृत्तिको अन्त्य गर्न माग समेत गरिन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै डाँगीले सरकारले क्रिकेट मैदान निर्माण गर्ने भनेर निर्णय गरेको १५ दिन बितिसकेको भन्दै आजसम्म ५ प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने बताइन् ।
‘म सभामुखमार्फत प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कीर्तिपुर क्रिकेट मैदानको भौतिक प्रगति के कति भइरहेको छ सोध्न चाहन्छु र उक्त खेल मैदान निर्माणको प्रगति विवरण प्रधानमन्त्री ज्यु आफैले अथवा खेलकुद मन्त्रीले सदनमा प्रत्येक महिना प्रस्तुत गर्नको लागि माग राख्दछु’, डाँगीको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति
-
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा
-
बर्सिम घाँसको बीउबाटै लाख कमाउँछन् किसान
-
देशमा तीन मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?