प्राधिकरणको डीजीले सांसदलाई थर्काएर जान्छ : अमरेशकुमार सिंह

काठमाडौँ । सांसद अमरेशकुमार सिंहले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउनुपर्ने बताएका छन् । सेवा प्रदायक र नियामक निकाय एउटै हुन नसक्ने उनले तर्क गरेका हुन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले भने, ‘दुई चार वर्षदेखि बोल्दा बोल्दा घाँटी सुकिसक्यो । तर, पैसाको अगाडि कुनै सांसदको केही लाग्दैन रहेन । नेपाल नागरिक उड्डयन प्राधिकरण सेवा प्रदायक र नियामक पनि हो । कहिले पनि सेवा प्रदायक र नियामक एउटै हुँदैन । नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरण एउटै छैन । तर, उड्डयन प्राधिकरणमा नेताहरूको खल्तीमा करोडौँ भर्नका लागि त्यहाँ डीजी बनाएर राखिएको छ । उसले समितिमा आएर सांसदहरूलाई नै थर्काएर जान्छ ।’
सांसद सिंहले नेपालीहरू भाग्यले बाँच्नुपर्ने स्थिति रहेको बताउँदै कहिले सडक दुर्घटना त कहिले हवाईजहाज दुर्घटनामा नेपालीहरूले ज्यान गुमाउनु परिरहेको जिकिर गरे । जनसङ्ख्याको अनुपातमा सडक दुर्घटनामा ज्यान गुमाउनेमा नेपाल विश्वकै शीर्ष स्थानमा पर्ने उनको अनुमान थियो ।
उनले भने, ‘आज मात्रै पोखरामा आमाको छोराको मृत्यु भएको छ । यसको जिम्मेवार को ? त्यसको जिम्मेवार सडक बनाउने इन्जिनियर जिम्मेवार हो कि सरकार हो ? राम्रोसँग सडक बनाइएन कि पहाडी सडकको साइडमा राख्नुपर्ने रेलिङ राखिएन ?’
उनले गरिबहरूको देशमा कोही पनि माईबाप नरहेको पनि गुनासो गरे । गरिब र धनीबिच विभेद गरे देश अशान्त बन्ने उनले चिन्ता व्यक्त गरे ।
‘हवाईजहाज दुर्घटना हुँदा प्रधानमन्त्रीदेखि गृहमन्त्रीदेखि सबेको लर्को लाग्ने । गरिबहरू त्रिशूलीमा बस खसेर मर्दा कोही पनि हेर्न नजाने । यस्तो विभेद छ, गरिब र धनीबिच । यसले मुलुक अशान्त हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
-
१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव