प्रधानलाई आयुक्त नियुक्त गरे ५१ प्रतिशत महिलाको अपमान हुन्छ : रोशन कार्की

काठमाडौँ । राप्रपाका सांसद रोशन कार्कीले निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका यौन शोषणको आरोप लागेका कृष्णमान प्रधानलाई नियुक्त गरे ५१ प्रतिशत महिलाको अपमान हुने बताएकी छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले प्रधानलाई नियुक्ति गरे त्यो संविधानको धारा २४५ को उपधारा ६ विपरीत हुने बताइन् ।
‘कृष्णमान प्रधानमाथि एक महिलालाई लामो समयसम्म यौन शोषण गरेको आरोप लागेको छ । ती महिलाले संसदीय समितिमा उजुरी दिएकी छन् र तिनको भनाई अनुसार अदालत गुहारेर किस्ताबन्दीमा एक करोड २५ लाख रुपैयाँ तिरेको रसिद रहेको छ’, उनले भनिन्, ‘त्यस्तो आरोप लागेका प्रधानलाई नियुक्ति गरियो भने ५१ प्रतिशत महिलाको अपमान हुन्छ ।’
उनले यौन शोषण गर्ने व्यक्ति उच्च नैतिक चरित्रको हुन नसक्ने भन्दै प्रधानलाई समितिले नालायक घोषणा गर्नुपर्ने बताइन् । प्रधानमाथिको संसदीय सुनुवाइ सकिएको छ । आज बस्ने समितिको बैठकले प्रधानलाई नियुक्त गर्ने नगर्ने निर्णय गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तु ११ ले चुम्यो सुनगाभा सैनामैना गोल्डकपको उपाधि
-
शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक
-
काठमाडौँ निरन्तर विश्वका प्रदूषित सहरको सूचीमा, जोगिन के गर्ने ?
-
प्रचण्डद्वारा सैनामैनालाई खेलकुद हबका रूपमा विकास गर्ने प्रतिबद्धता
-
सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत
-
प्रधानमन्त्री ओलीको दृश्य काटिएपछि ‘राजागञ्ज’ सेन्सर पास