१० वर्षमा ६५ प्रतिशतले बढ्यो भारतमा बाघको सङ्ख्या
सोमबार, १४ साउन २०८१, १२ : ४२

नयाँ दिल्ली । भारतमा बाघको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । सन् २०१४ देखि सन् २०२४ को बीचमा त्यहाँ बाघको सङ्ख्या ६५ प्रतिशतले बढेको छ ।
सन् २०१४ मा देशभरमा कूल बाघको सङ्ख्या २ हजार २२६ थियो । यो अहिले बढेर ३ हजार ६८२ मा पुगेको छ ।
भारतमा सन् १९७३ मा सरकारले पहिलोपटक टाइगर रिजर्भ बनाउने घोषणा गरेको थियो । सुरुवाती चरणमा देशभरमा नौ वटा टाइगर रिजर्भ बनाइएको थियो ।
हालै गरिएको घोषणापछि यो सङ्ख्या बढेर ५४ वटा पुगेको छ । भारतको केन्द्र सरकारले सन् १९७३ मा बाघ परियोजना सुरु गरेको थियो ।
सन् २००६ मा सरकारले वन्यजन्तु संरक्षण ऐनमा ठुलो हेरफेर गरेको थियो । त्यसयता बाघ संरक्षणमा बृहत् स्तरमा काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् २१ र २२ गते
-
दक्षिण अफ्रिका र अस्ट्रेलियाबिचको खेल रद्द, यस्तो बन्यो समीकरण
-
असल कर्जाको प्रोभिजनिङ दर घट्यो, बैंकहरुको साढे ४ अर्ब नाफा बढ्ने
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ
-
अब गैरबैंकिङ वित्तीय संस्था सम्पत्ति शुद्धीकरणको दायरामा