राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले लगायो ५ तीज गीतमा प्रतिबन्ध

काठमाडौँ । आगामी तीजलाई लक्षित गर्दै बजारमा ल्याइएका ‘दिउँला बरिलै’, ‘मादलु घन्काउँदै’, ‘टिकटकमा भाइरल हल्लाएरै’, ‘बिस्ताराले पोल्यो’, ‘चियर्स बियर’ बोलका ५ गीतमाथि प्रतिबन्ध लगाइएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले यी गीतले तीजको मौलिक परम्परा माथि प्रहार गरेको र धर्म, संस्कृति र सिङ्गो संगीत क्षेत्रलाई ठुलो क्षति पुर्याउने देखिएको भन्दै प्रतिबन्ध लगाएको हो ।
‘हिन्दु नेपाली महिलाहरूको महान् पर्व ‘हरितालिका तीज – २०८१’लाई लक्षित गर्दै सार्वजनिक भएका विकृतिजन्य गीतहरूप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा अगाडि भनिएको छ ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल स्थापना कालदेखि नै गीत सङ्गीतको क्षेत्रमा मौलिक गीतहरूलाई प्रोत्साहन र विकृतिजन्य गीतहरूको खबरदारी गर्दै आएको संस्था हो । त्यसैले गीतहरूलाई प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको कुरा हाम्रा सम्पूर्ण सदस्य एवम् सञ्चारकर्मीहरूमा जानकारी गराउँदछौ ।’ ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ले देशभरका सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यममा यस्ता विकृतिजन्य गीतहरूलाई स्थान नदिनसमेत अनुरोध गरेको छ ।
‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ ‘दिउँला बरिलै’ कविता खत्री र भागिरथ चलाउनेको स्वर रहेको छ, भने ‘मादलु घन्काउँदै’मा प्रिति आलेको स्वर छ ।
त्यस्तै ‘टिकटकमा भाइरल हल्लाएरै हो’ केशर ओली र सुमन थापाको स्वर, ‘बिस्ताराले पोल्यो’ शान्तिश्री परियार र हरि गिरीको स्वर र ‘चियर्स बियर’मा प्रिति आले र प्रकाश शर्माको स्वर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् सरकार र शिक्षकहरूबिच भएका ९ बुँदे सहमति
-
विद्यालय शिक्षा विधेयक तपाईंहरूकै घरमा लैजान्छौँ : गृहमन्त्री लेखक
-
शिक्षकको माग पूरा गर्दा सरकारलाई करिब ८ अर्ब दायित्व बढ्ने
-
विद्यालय शिक्षा विधेयक पारित गर्ने सम्बन्धमा सत्तापक्षले गरेको लिखित प्रतिबद्धता सार्वजनिक
-
सरकारसँग सहमति भएपछि रोकियो शिक्षकहरूको आन्दोलन
-
सरकार र शिक्षकहरूबिच ९ बुँदे सहमति, पत्रकार सम्मेलनमार्फत सार्वजनिक