तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु
सोमबार, १४ साउन २०८१, १२ : २८

तनहुँ । तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको ब्यास नगरपालिका–१ हाउजिङ बस्ने ४० वर्षीय शिव अधिकारीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो ।
आफ्नै घरमा विद्युतीय मोटर चलाई पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै कपिलवस्तुमा डुबेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको यशोधरा गाउँपालिका–५ लोहरौलीस्थित मसैया खोलाको नालामा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने बर्षादी धरिकारको छोरा १५ वर्षीय कनही धरिकारको आइतबार दिउँसो मृत्यु भएको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैठकमा रविले सुनाए हिरासतको पीडा– मध्यरातमा मेराे ज्यानकाे खतरा थियो
-
सभामुख घिमिरेद्वारा विधेयकहरू प्रमाणित
-
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो
-
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाइकल र्याली (तस्बिरहरू)