भेनेजुएलामा विवादास्पद मतदान : मदुरोले गरे आफैँलाई विजेता घोषणा

कारकास । भेनेजुएलाको राष्ट्रपति निर्वाचनमा राष्ट्रपति निकोलास मदुरोले आफैँलाई विजयी घोषित गरेका छन् । कूल मतमध्ये ८० प्रतिशत मात्रै मत गणना भएकोमा मदुरोले ५१ दशमलव २० प्रतिशत मत पाएको निर्वाचन आयोगले सार्वजनिक गरेको आंशिक नतिजाले देखाएको छ ।
उनका निकट प्रतिद्वन्द्वी एडमन्डो गोन्जालेजले ४४ दशमलव शून्य २ प्रतिशत मत पाएका छन् । मत गणनामा व्यापक हेरफेर भएको आरोप प्रतिपक्षी दलहरूले लगाएका छन् । चुनावी नतिजालाई चुनौती दिने प्रतिपक्षी दलहरूले कसम खाएका छन् । गोन्जालेजलाई जिताउन सबै प्रतिपक्षी दलहरू एकजुट भएका थिए ।
मतगणनामा सम्भावित चलखेललाई रोक्न प्रतिपक्षी दलले देशभरका मतदान स्थलमा हजारौँ मानिस खटाएका थिए । तर कयौँ मतदान स्थलबाट आफ्ना प्रतिनिधिलाई जबरजस्ती बाहिर निकालिएको गोन्जालेजको गठबन्धनका प्रवक्ताले बताएकी छिन् । चुनाव अघिका जनमत सर्वेक्षणहरूले मदुरो भन्दा गोन्जालेजलाई निकै अगाडि देखाएका थिए ।
भेनेजुएलामा विगत २५ वर्षदेखि समाजवादी दल पीएसयूभी पार्टी सत्तामा छ । सन् २०१३ मा क्यान्सरका कारण तत्कालीन राष्ट्रपति ह्युगो चाभेज मर्नुअघि र त्यसयता अहिलेसम्मै निकोलस मदुरो सत्तामा छन् । यसअघि सन् २०१८ मा भएको निर्वाचन पनि निष्पक्ष नभएको भन्दै निकै आलोचना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारीका सवालमा राज्यले महिलालाई पहिलो प्राथमिकता दिनुपर्छ : हसिना खान
-
बीमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान
-
तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ५ रुपैयाँ दरका नयाँ नोट आजबाट चलनचल्तीमा
-
ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण
-
चलचित्र छायाङ्कनको ‘हब’ बन्दै मुस्ताङ
-
बचत गरेको रकम निकाल्न नपाउँदा...