राष्ट्र बैंकको प्रवक्तामा पौडेल, कार्यकारी निर्देशक भट्टलाई अनुसन्धान विभागको जिम्मेवारी
सोमबार, १४ साउन २०८१, १० : ५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल आएका छन् । २०८१ साउन १४ गतेदेखि लागू हुनेगरी गभर्नर महाप्रसाद अधिकारीले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएका हुन् ।
अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका पौडेल हाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागमा कार्यकारी निर्देशक छन् । योसँगै यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक डा.गुणाकरण भट्टलाई अनुसन्धान विभाग पठाइएको छ ।
राष्ट्र बैंकको अनुसन्धान विभाग निकै महत्वपूर्ण विभागको रुपमा रहेको छ । यसअघि यस विभागको नेतृत्वमा रहेका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएसँगै प्रवक्ता डा.भट्टलाई अनुसन्धान विभागको नेतृत्व प्रदान गरिएको हो ।
उसो त यसअघि नै डा.भट्टले अनुसन्धान विभागको नेतृत्व सम्हालिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती
-
शारीरिकसरह मानसिक स्वास्थ्यका संरचना निर्माण गर्नू, लान्छना लगाउनेलाई दण्डित गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता
-
सरकारले आन्दोलनरत शिक्षकरूलाई वार्तामा बोलायो
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन