बस खोज्दा त्रिशूलीमा हराएको चुम्बक सिमलताल नजिकै फेला
सोमबार, १४ साउन २०८१, १० : ४७

काठमाडौँ । त्रिशूलीमा बेपत्ता दुईवटा डिलक्स गाडी खोज्न प्रयोग गरिएको २० केजीको चुम्बक भेटिएको छ । भारतीय प्राविधिकहरूले बस खोज्दा प्रयोग गरेको चुम्बक सिमलतालबाट करिब ३ सय मिटर तल फेला परेको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताए ।
भारतीय प्राविधिकहरूले बस खोज्न २० र ४० केजीको चुम्बक प्रयोग गरेका थिए । बस फेला नपरेपछि भारतीय भारतबाट आएका विशेषज्ञहरू फर्किसकेका छन् ।
असार २८ मा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका हुन् । बसमा सवार २५ जनाको शव भेटिएको डीआईजी केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता