बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

दीपेन्द्र र सन्दीपको राम्रो प्रदर्शनका बाबजुद भ्यानकुभरको तेस्रो हार

सोमबार, १४ साउन २०८१, ०६ : १०
सोमबार, १४ साउन २०८१

ब्राम्पटन । दीपेन्द्र सिंह ऐरीको राम्रो ब्याटिङ र सन्दीप लामिछानेको राम्रो बलिङ प्रदर्शनका बाबजुद भ्यानकुभर नाइट्स ग्लोबल टी–२० क्यानडा २०२४ मा मोन्ट्रेयाल टाइगर्ससँग पराजित भएको छ । टोलीको लगातार तेस्रो हार हो । टोली अंक तालिकामा पुछारमा छ ।

आइतबार भएको खेलमा भ्यानकुभर मोन्ट्रेयालसँग १० रनले पराजित भयो । १ सय ४५ रनको लक्ष्य पछ्याएको टोलीले निर्धारित २० ओभरमा १ सय ३४ रन मात्र बनाउन सक्यो ।

टोलीका लागि रिजा हेन्ड्रिक्सले ३५ बलमा सर्वाधिक ३४ रन बनाए । त्यस्तै ड्वेन प्रेटोरियसले २० बलमा ३१ रनको योगदान दिए ।

दीपेन्द्रले मात्र १५ बलमा ३० रन जोड्दै नटआउट रहे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उनले ३ चौका र १ छक्का हिर्काए । सन्दीप पनि १ रन बनाउँदै नटआउट रहे ।

यसअघि मोन्ट्रेयालले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । टोलीका लागि कोरबिन बोस्चले ३५ रन तथा दीपप्रित बाजवाले ३३ रनको योगदान दिए ।

भ्यानकुभरका लागि मोहम्मद आमिर र प्रेटोरियसले २–२ विकेट लिए भने जेरेमी गोर्डन र सन्दीपले १–१ विकेट लिए । आफ्नो ४ ओभरमा सन्दीपले मात्र २४ रन खर्चिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप