सङ्खुवासभाको कारमाराङमा अस्थायी प्रहरी चौकी
आइतबार, १३ साउन २०८१, २२ : ५०

किमाथाङ्का । जिल्लाको मकालु गाउँपालिका–४ कारमारङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न चौकीको स्थापना गरिएको हो ।
गाउँमै अस्थायी प्रहरी चौकी स्थापना भएपछि ६ घण्टा पैदल हिँडेर हेदाङ्ना जानुपर्ने बाध्यता हटेको छ । उक्त चौकीको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले उद्घाटन गरे ।
जनताको माग र सरोकारबालाको पहलमा स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गरी आपराधिक गतिविधि कम गर्न चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए । चौकीमा प्रहरी हवलदार यामेश्वर धिमालको नेतृत्वमा पाँच जनाको टोली रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव
-
‘गाउँमै अस्पताल, सबै नागरिकको स्वास्थ्य बीमा’
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते
-
पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट