अनलाइनमार्फत ८४ लाख ठगेको आरोपमा युवक पक्राउ
आइतबार, १३ साउन २०८१, २२ : ४६

काठमाडौँ । अनलाइन माध्यमबाट ‘क्यानडा सपना’ देखाएर ठगको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भएर ललितपुर बस्ने २३ वर्षीय पुरुषोत्तम भण्डारी छन् ।
आरोपीले ८४ लाख १५ हजार ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । उनले सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’को दुरुपयोग गरेर रकम ठगेका हुन् ।
‘क्यानडा लैजान्छु’ भनेर उनले पीडितहरूलाई विभिन्न व्यक्तिहरूको बैंक खातामा रकम हाल्न लगाएर ठगेको अनुसन्धानबाट थाहा भएको छ । साउन ११ मा उनलाई कोटेश्वरबाट पक्राउ गरेर कानुनी कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग
-
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा