अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
आइतबार, १३ साउन २०८१, २० : ५६

कालिकोट । पहिराका कारणले अवरुद्ध भएको कर्णाली राजमार्ग आजदेखि सञ्चालनमा आएको छ ।
कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । उक्त पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो ।
राजमार्ग प्रहरी र स्थानीयको पहलमा आज बिहान पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए ।
कर्णाली करिडोरअन्तर्गत कालिकोटका नरहरिनाथ गाउँपालिका–१ मोरा गाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सो सडक अहिले खुलाउने प्रयास भइरहेको प्रहरी प्रमुख केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना