कैलालीमा थप दुई जनामा हैजा पुष्टि
आइतबार, १३ साउन २०८१, २० : ३९

कैलाली । कैलालीमा थप दुई जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका थप दुई जनामा हैजा पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठका अनुसार हैजा पुष्टि हुनेमा छ र आठ वर्षका बालक छन् । योसँगै हैजा पुष्टि हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि सोही पशुपति टोलका २३ र २६ वर्षीय युवतीमा हैजा पुष्टि भएको उनले जानकारी दिए ।
दुवै बालक सेती प्रादेशिक अस्पतालमा उपचार गरी सङ्क्रमणको जोखिममुक्त भएर घर फर्किएको उनले बताए । नमुना सङ्कलन गरिएका थप चार जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।
सो क्षेत्रको पानीको नमुना सङ्कलन भइरहेको पनि उनले जानकारी दिए । यस सम्बन्धमा माथिल्ला निकायमा जानकारी गराइ सकिएको प्रमुख श्रेष्ठको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व सम्पदा दिवस : व्यास सम्पदा संरक्षणका लागि पदयात्रा
-
पत्रकार हुँ भनेर धम्की दिने एकजना पक्राउ
-
चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष
-
‘हेल्लो काशीराम’ बारे फुलन्देकी आमा – हास्य र व्यङ्ग्यको अनौठो मिश्रण
-
अमेरिका र युरोपबिच व्यापार सम्झौताको सम्भावना, इटालीका प्रधानमन्त्रीले भेटिन् ट्रम्पलाई
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी