संक्रमणकालिन न्यायमा केही दल मिलेर चलखेल गर्न खोजे दुर्भाग्यपूर्ण हुन्छ : कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संक्रमणकालिन न्याय दलीय स्वार्थको आधारमा गर्न खोजिनु दुर्भाग्यपूर्ण भएको भन्दै केही दल मात्र मिलेर चलखेल नगर्न समेत सचेत गराएका छन् । गम्भीर प्रकृतिका मुद्दाहरूमा सजाय निर्धारण गर्दा ७५ प्रतिशत माफी मिनाहा दिन खोजिएको भन्दै उनले त्यो आपत्तिजनक हुने बताए ।
पार्टी निकट पूर्वप्रहरी संगठनको कार्यक्रममा बोल्दै थापाले ३ दलले गठबन्धन गरे भन्दैमा जे मा पनि उन्मुक्ति दिन नपाइने चर्चा गर्दै थापाले पीडित सरोकारवालाको सहमति बिना ल्याइने कानुनले संक्रमणकालिन न्याय दिन नसक्ने समेत दाबी गरे । उनले बाल सेना शब्द हटाइएर सहमति गर्न खोजिएकोमा पनि तीव्र असन्तुष्टि पोखे । प्रहरी प्रशासनमा भइरहेको नाङ्गो राजनीतिक हस्तक्षेपले नयाँ गठबन्धन निर्माणको अन्तर्य बुझ्न सकिने भन्दै उनले अब जनताले सशक्त प्रतिवाद गर्ने समय आएको समेत बताए ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता तथा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई , संगठनका अध्यक्ष हरिहर श्रेष्ठलगायतले बोलेका थिए भने पूर्व प्रहरीहरूलाई अध्यक्ष थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा