विद्यालयमा सबै विद्यार्थी अनुत्तीर्ण भएपछि गाउँले मागे प्रधानाध्यापकसहित पदाधिकारीको राजीनामा
_IpvmwCNnhb.jpg)
धनगढी । कैलालीको एक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरू एसईई परीक्षामा अनुत्तीर्ण भएपछि गाउँलेले विद्यालयका प्रधानाध्यापकसहित व्यवस्थापन समितिका पदाधिकारीहरूको राजीनामा मागेका छन् ।
जिल्लाको कैलारी गाउँपालिका–७ भुइयाँफाँटाका स्थानीयले राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित विद्यालयका पदाधिकारीको राजीनामा माग गरेका हुन् ।
विद्यालयमा अध्ययन विद्यार्थीहरू २०८० को एसईईमा सहभागी कोही पनि विद्यार्थी उत्तीर्ण नभएपछि गाउँलेहरूको आइतबार बसेको भेलाले राजीनामा माग गरिएको हो । गाउँका भलमन्सा फिरुराम चौधरीको अध्यक्षतामा बसेको भेलाले सो निर्णय गरेको गाउँका स्थानीय दयाशंकर चौधरीले बताए ।
गाउँको भेलाले विद्यालयका प्रधानाध्यापक देशराज चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद चौधरी र शिक्षक अभिभावक संघका पदाधिकारीको राजीनामा माग गरेका हुन् ।
गाउँलेको भेलामा ३५८ जना अभिभावकले नतिजाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नैतिकताका आधारमा प्रधानाध्यापकसहितका पदाधिकारीले राजीनामा दिनुपर्ने निर्णय गरेका हुन् ।
सो विद्यालयबाट ४४ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा कोही पनि उत्तीर्ण भएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भारतबाट एक थोपा पानी पनि पाकिस्तान जानु हुँदैन’
-
आन्दोलनमा सहभागी शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते
-
तस्बिरमा हेर्नुहोस् कास्कीको पर्यटकीय गाउँ घान्द्रुक
-
सुदीपको न्यायको लागि आज पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरिँदै
-
भारत भ्रमणको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, सर्वदलीय बैठक माओवादीको बहिष्कार
-
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर