शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

विद्यालयमा सबै विद्यार्थी अनुत्तीर्ण भएपछि गाउँले मागे प्रधानाध्यापकसहित पदाधिकारीको राजीनामा

आइतबार, १३ साउन २०८१, १९ : ०९
आइतबार, १३ साउन २०८१

धनगढी । कैलालीको एक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरू एसईई परीक्षामा अनुत्तीर्ण भएपछि गाउँलेले विद्यालयका प्रधानाध्यापकसहित व्यवस्थापन समितिका पदाधिकारीहरूको राजीनामा मागेका छन् ।

जिल्लाको कैलारी गाउँपालिका–७  भुइयाँफाँटाका स्थानीयले  राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित विद्यालयका पदाधिकारीको राजीनामा माग गरेका हुन् । 

विद्यालयमा अध्ययन विद्यार्थीहरू २०८० को एसईईमा सहभागी कोही पनि विद्यार्थी उत्तीर्ण नभएपछि गाउँलेहरूको आइतबार बसेको भेलाले राजीनामा माग गरिएको हो । गाउँका भलमन्सा फिरुराम चौधरीको अध्यक्षतामा बसेको भेलाले सो निर्णय गरेको गाउँका स्थानीय दयाशंकर चौधरीले बताए ।

गाउँको भेलाले विद्यालयका प्रधानाध्यापक देशराज चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद चौधरी र शिक्षक अभिभावक संघका पदाधिकारीको राजीनामा माग गरेका हुन् । 

गाउँलेको भेलामा ३५८ जना अभिभावकले नतिजाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नैतिकताका आधारमा प्रधानाध्यापकसहितका पदाधिकारीले राजीनामा दिनुपर्ने निर्णय गरेका हुन् । 

सो विद्यालयबाट ४४ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा कोही पनि उत्तीर्ण भएका छैनन् । 

Gaun Bhela (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप