बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपाली र प्रेसिडेन्ट ग्रुपको सहकार्यमा नेपालभर १० वटा होटल खोलिने, एयरपोर्टको होटलमा ५ करोड लगानी

आइतबार, १३ साउन २०८१, १८ : ४५
आइतबार, १३ साउन २०८१

काठमाडौँ । गैरआवासीय नेपालीहरू र प्रेसिडेन्ट बिजनेस ग्रुपबिचको सहकार्यमा नेपालभर १० वटा होटल खोलिने भएको छ । प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष शंकर भण्डारीले गैरआवासीय नेपालीले आफ्नो सीप र ज्ञानबाट नेपाललाई पुर्‍याउने महत्त्वपूर्ण फाइदाहरूबारे प्रकाश पार्दै यस सहकार्यमा आफ्नो बलियो समर्थन रहेको बताए ।

उनले भने, ‘कूल १ अर्बको लगानीमा आगामी दुई वर्षभित्र नेपालभर १० वटा नयाँ होटल खोल्ने घोषणा गर्न पाउँदा हामी उत्साहित छौं । यी होटलहरू काठमाडौं, पोखरा, चितवन, बुटवल, धनगढी, सुर्खेत, विराटनगर लगायतका प्रमुख सहरहरूमा बनाइनेछन् ।  गैरआवासीय नेपाली र प्रेसिडेन्ट बिजनेस ग्रुपबिचको यस प्रयासले नेपालको होटल उद्योगलाई माथि उठाउने छ ।’

यस परियोजनामा विभिन्न देशका एनआरएनहरूको विशेषज्ञता समेत परिचालन गरिने भण्डारीले बताए । विदेशी सिपसहित सस्तो र सुलभ मूल्यमा हस्पिटालिटी सेवा प्रवाह गर्ने उद्देश्यले खोलिएको होटलका आउटलेटहरूले अन्तरराष्ट्रिय स्तरको सुविधा दिने भण्डारीको दाबी छ । 

नयाँ होटेलले यात्रुका लागि विकल्पहरूको विस्तृत दायरा सुनिश्चित गर्नेछन् । पर्यटकहरूले मानक सुविधाहरूसहित तीनतारे र चारतारे आवासहरूको सेवा प्राप्त गर्नेछन् । कोठाको शुल्क पनि बजारको प्रतिस्पर्धात्मकताका आधारमा चार हजार र पाँच हजारको बीचमा राख्ने तयारी गरिएको छ, जसले गुणस्तरीय आवासलाई सहजै पाहुनाको पहुँचमा पुर्‍याउँछन् ।

प्रेसिडेन्ट बिजनेस ग्रुप उत्कृष्टता र ग्राहक सन्तुष्टिका लागि १९ वर्षदेखि प्रसिद्ध छ– जुन सुन्धारादेखि सुरू भएको थियो । 

होटलका होटल, रेस्टुरेन्ट, बेकरी, सेकुवाको नाममा मल्टिक्विजन रेस्टुरेन्ट ब्राण्डहरू  सञ्चालित छन् । ‘स्वच्छ वातावरण, सरल ठेगानाः स्तरीय सेवा, स्वादिष्ट खाना’ भन्ने मूल स्लोगनका साथ सुरु गरिएको प्रेसिडेन्ट स्टार लेवलको सर्विस दिँदै आएको हस्पिटालिटी सेवा हो । 

उत्कृष्ट व्यवस्थापनसहित प्रत्येक नयाँ सहरमा सबै पाहुनाहरूका लागि मैत्रीपूर्ण र स्वागतयोग्य वातावरण कायम राख्दै क्षेत्रीय मूल्यमा उत्कृष्ट सेवाहरू उपलब्ध गराउने ग्यारेन्टी गर्ने भण्डारीले बताए । 

एनआरएनका लगानीकर्ताको तर्फबाट सोम सापकोटाले प्रेसिडेन्ट बिजनेस ग्रुपसँग सहकार्य गर्न र यस साझेदारीमार्फत नेपालको आतिथ्य क्षेत्रको वृद्धि, विकासमा योगदान पुर्याउन पाउँदा खुसी लागेको बताए । उनले देशको अर्थतन्त्रलाई बढवा दिन र स्वदेशी तथा अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध सेवाको गुणस्तर अभिवृद्धि गर्न यस्ता सहकार्यको महत्त्वमा जोड दिए ।

उनले भने, ‘यो महत्वाकांक्षी परियोजनाले नेपालको आतिथ्य उद्योगमा कोसेढुङ्गाको रूपमा आफूलाई स्थापित गर्नेछ । जुन एनआरएनए र प्रेसिडेन्ट बिजनेस ग्रुपबिचको साझेदारीमा सञ्चालित हस्पिटालिटी सेवाले देशभरि असाधारण आवास अनुभवहरू प्रदान गर्नेछ।’

सञ्चालक समेत रहेका एनआरएनए उपमहासचिव सोम सापकोटाले भने, ‘नेपालमा कि उच्च स्तरीय होटल छन् कि निम्नस्तरीय होटल छन् । तर, मध्यमस्तरीय होटलहरू नगण्य मात्रामा मात्रै छन् । त्यसैको अभाव पूर्ति गर्नका लागि नेपालको हस्पिटालिटी क्षेत्रमा यो नयाँ आयाम थप्ने उद्देश्यले आगामी दुई वर्षभित्र नेपालभर १० वटा नयाँ होटल खोल्न लागिएको हो ।’

यसैबीच एयरर्पोटगेटमा प्रेसिडेन्ट होटल सञ्चालनको अन्तिम तयारी भएको छ । आइतबार सञ्चालनको लागि साइत् जुराइएको  र केही सातामै औपचारिक रूपमा सन्चाननमा ल्याइने भण्डारीले जानकारी दिए ।

होटलमा करिब ५ करोड लगानी रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप