सरकारसँग वार्ता मिल्यो, यातायात व्यवसायीको आन्दोलन फिर्ता

पोखरा । आन्दोलनरत यातायात व्यवसायी र सरकारबिच वार्ता मिलेको छ । राइड सेयरिङको विरोध गर्दै व्यवसायीहरू आन्दोलित भएका थिए । सरकारले तत्कालै समस्या समाधानका लागि ९ सदस्यीय कार्यदल गठन गरेको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा बनेको कार्यदलमा मुख्यमन्त्री कार्यालयका अधिकृत, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका प्रतिनिधि, सार्वजनिक यातायात केन्द्रीय महासंघका प्रतिनिधि, राइडर्स पोखराका प्रतिनिधि, उपभोक्ता मञ्च गण्डकीका प्रतिनिधि, यातायात मजदुरमध्येबाट एकजना सदस्य रहनेछन् ।
समितिको सदस्य सचिव भौतिक पूर्वाधार मन्त्रालयका अधिकृत रहनेछन् । समितिले सबै पक्षको ज्ञापनपत्र हेरेर १५ दिनभित्र सुझावसहितको प्राविधिक प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा पेस गर्नुपर्ने छ । थप छलफलका लागि विज्ञहरूलाई समावेश गर्न पाउने अधिकार समितिलाई नै दिइएको छ । कार्यदल गठन भएसँगै आइतबारदेखि सुरु भएको आन्दोलनका सबै कार्यक्रम स्थगित भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका सचिव योगेन्द्र केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे–लिस्ट’ मा परेसँगै लगानी आउँदैन, अब मध्यावधिमा गएर देशलाई निकास दिनुपर्छ’
-
‘अहिले अर्थतन्त्रमा ग्रहण लागेको छ, ग्रे–लिस्टबाट बाहिर ल्याउन सरकार गम्भीर हुनुपर्छ’
-
कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, छ जना घाइते
-
१ अर्ब ६४ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात
-
क्रिप्टोकरेन्सीको इतिहासमा अहिलेसम्मको ठुलो चोरी
-
जनताको आवश्यकताअनुसार प्रदेश घटबढ गर्न सकिन्छ : प्रधानमन्त्री ओली