आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
सौर्य एयरलाइन्स दुर्घटना

सौर्य एयरलाइन्स दुर्घटना प्रकरण : बीमा भुक्तानी गर्न कम्पनी तयार

आइतबार, १३ साउन २०८१, १७ : ५९
आइतबार, १३ साउन २०८१

काठमाडौँ । सौर्य एयरलाइन्स दुर्घटनामा यात्रु बीमा बापतको रकम छिटोभन्दा छिटो उपलब्ध गराउन कम्पनी तयार भएको छ । दुर्घटनाको सन्दर्भमा र यात्रु बीमा दाबी भुक्तानीको सन्दर्भमा आइतबार प्रतिनिधिसभालाई जानकारी दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको बीमा प्रभु इन्स्योरेन्समा भएको र उक्त इन्स्योरेन्सले बेलायतस्थित लोयर्ट रिइन्स्योरेन्समा रिइन्स्योरेन्स गरेको बताए । 

उक्त कम्पनीसँगको छलफलपछि प्रभु इन्स्योरेन्सलाई छिटोभन्दा छिटो दुर्घटना बापतको यात्रु बीमा दाबी भुक्तानी गर्न निर्देशन समेत गरिसकिएको उनले जानकारी दिए । तर, आन्तरिक उडानमा यात्रुको दुर्घटना बीमा कम भएकाले सरकारले बीमा रकम बढाउने गरी बीमा विधेयक समेत अघि बढाइसकेको उनले जानकारी दिए ।

‘नेपालले २०१८ मा यात्रु बीमा सम्बन्धी मोन्ट्रल कन्फेन्सन १९९९ व्यवस्था गरेको छ । यो व्यवस्था अन्तर्राष्ट्रिय उडानका लागि मात्र लागू हुन्छ । हाल आन्तरिक उडानमा प्रतियात्रु २० हजार डलर बीमा रहेको र सो यात्रु उडानमा मात्र रहेको छ । आन्तरिक नियमित उडानका क्रममा रहने यात्रुहरूको बीमा रकम थोरै भएकाले यसलाई बढाउने गरी उड्डयन बीमा विधेयक तर्जुमा गर्ने सन्दर्भमा सरकारले आवश्यक प्रक्रिया समेत अघि बढिसकेको छ’ मन्त्री पाण्डेले जानकारी दिए ।

सभामा मन्त्री पाण्डेले सी–चेक उडानको क्रममा रहेको विमान दुर्घटनाको सन्दर्भमा बीमा भुक्तानी के हुन्छ ? भन्ने सांसदहरूको जिज्ञासामा जवाफ दिँदै सौर्य एयरलाइन्सले खरिद गरेको बीमा पोलिसी र हवाई बीमा व्यवस्था ऐनअनुसार नै हुने जानकारी दिए । 

एयरलाइन्स र बीमा कम्पनीबिच खरिद बिक्री भएको बीमा पोलिसीमा ‘एभियसन स्पेयर अल रिक्स लाइबिलिटी, पर्सनल एक्सिडेन्ट एन्ड अल रिक्स इन्स्योरेन्स प्रभु इन्स्योरेन्स कम्पनीमा गरिएकाले सर्तअनुसार नै दाबी भुक्तानी हुने जानकारी दिए । यस बीमा पोलिसी बाहेक कम्पनीबाट ७ लाख रुपैयाँसम्मको सामाजिक सुरक्षा कोष समेत रहेको जानकारी प्राप्त भएको मन्त्री पाण्डेले सभालाई जानकारी दिए । 

यात्रुको सन्दर्भमा सौर्य एयरलाइन्सका आइटी इन्जिनियर मनुराज शर्माको श्रीमती प्रिजा खतिवडा ऊर्जा मन्त्रालयको कम्प्युटर अपरेटर रहेको र उनले सौर्य एयरलाइन्सको समेत पार्ट टाइम कम्प्युटर अपरेटरको रूपमा करारमा काम गर्ने गरेको कम्पनीले जानकारी दिएको उनले जानकारी दिए । बालक अधिराज शर्माको सन्दर्भमा काठमाडौँमा हेरचाह गर्ने कोही पनि नभएपछि बाबुआमासँगै लगिएको जनाइएको प्राप्त भएको उनले जानकारी दिए । 

दुर्घटनामा परेर मृत्यु भएकाहरूको परिवारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा कम्पनीका अध्यक्षसँगको छलफलमा योग्यता अनुसार पीडित परिवारजनलाई रोजगारी समेत प्रदान गरिने प्रतिबद्धता कम्पनीबाट प्राप्त भएको मन्त्री पाण्डेले सभालाई जानकारी गराए ।

‘छानबिन आयोगमाथि कुनै हस्तक्षेप हुँदैन’

जहाज दुर्घटनाको सन्दर्भमा दुर्घटना भएकै बेलुका सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको र उक्त आयोगले काम समेत सुरु गरिसकेको जानकारी दिँदै मन्त्री पाण्डेले आयोगमाथि कुनै खालको हस्तक्षेप नहुने प्रतिबद्धता जाहेर गरे । 

‘२०८० साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएलगत्तै सोही दिन ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको छ । अन्तर्राष्ट्रिय उड्ययन सङ्गठन (आईकाओ) को एनएक्स १३ को प्रावधान तथा गैरसैनिक उडान दुर्घटना जाँच नियमावली २०७१ को व्यवस्था बमोजिम जाँच कार्य सुरु भइसकेको छ । आयोगले  दुर्घटना स्थलको स्थलगत निरीक्षण गरेको तथा ककपिट भ्वाइस रेकर्डर (सीबीआर) र फ्लाइट डाटा रेकर्डर (एफडीईआर) संकलन गरी डाटा रिडआउट,  डाउनलोड र एनालाइसिस्का लागि तयारी गरिरहेको छ । दुर्घटना जाँच आयोगले निष्पक्ष र स्वतन्त्रतापूवर्क तथस्ट भएर दुर्घटनाको अध्ययन गरिरहेको छ’ मन्त्री पाण्डेले भने, ‘आयोगको स्वतन्त्रता र तथस्टतालाई मनन् गर्दै उहाँहरूमाथि कुनै खालको हस्तक्षेप नहुने समेत म यहाँहरू सम्पूर्णमा प्रतिबद्धता जनाउँदछु’ मन्त्री पाण्डेले भने ।

जहाज पुरानो भन्ने सवालमा जवाफ दिँदै मन्त्री पाण्डेले भने– ‘हवाई नीति २०६३ को बुँदा नम्बर ५ को २, १ ले पेस्टराइज वायु यानको सन्दर्भमा १५ वर्ष भन्दा पुराना जहाज आयात गर्न निषेध गरेको छ । यसर्थ सौर्य एयरलाइन्सले १५ वर्षसम्मका पेस्टराइज जहाज नेपालमा ल्याई सञ्चालन गर्ने गरेको खुलेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप