भारतले श्रीलंकालाई दियो १ सय ६६ रनको लक्ष्य , श्रीलंकाले गुमायो पहिलो विकेट
एजेन्सी । महिला एसीसी एसिया कपको फाइल खेलमा भारतले श्रीलंका महिला टोलीलाई १ सय ६६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। पहिलोपटक च्याम्पियन बन्न श्रीलंका र भारत प्रतिस्पर्धा गरिरहेका छन् । भारतले पहिले ब्याटिङ गर्दै १ सय ६५ रनको बनाएको थियो ।
श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर उक्त योगफल तयार गरेको हो । भारतका लागि ओपनर स्मृति मन्धनाले सर्वाधिक ६० रन बनाइन् । स्मृतिले ४७ बलमा १० चौका प्रहार गरेकी थिइन् । रिचा घोषले ३० रन बनाइन् । उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् ।
जेमिमा रोड्रिगेजले १६ बलमा १८, अर्की ओपनर शेफाली बर्माले १६ रन बनाइन् । कप्तान हरमन प्रित कौरले ११, उमा क्षेत्रीले ९ रन बनाइन् । श्रीलंकाका लागि केबिसा दिलारीले २, सचिनी निसानसाला, उदेशिका प्रबोधनी र कप्तान चमिरा अथापाथ्थुले समान १ विकेट लिइन् ।
भारतलाई पराजित गर्दै श्रीलंका पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । साविक विजेता भारत सात पटकको च्याम्पियन हो। दोस्रो इनिङको शुरुवात गरेको श्रीलंकाले राम्रो ओपनिङ गर्न सकेन । श्रीलंकाले रनआउटको रुपमा पहिलो विकेट गुमाएको छ।
प्रतियोगितामा सर्वाधिक रन बनाएकी श्रीलंकाकी चामिरा अट्टापटु अहिले क्रिजमा गरेकी छन् । श्रीलंकाले पावर प्ले अघि नै आरएमभिडी गुणरत्नेलाई रन आउटको रुपमा गुमाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
-
कम्बोडिया भ्रमण सकेर सभामुख घिमिरे स्वदेश फिर्ता
-
प्राइम सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ
-
देशद्रोहको आरोपमा जेल पठाइए बंगलादेशको इस्कोनसँग सम्बद्ध चिन्मय कृष्ण दास
-
स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’