मुख्यमन्त्री सोडारीलाई सत्ता पक्षकै सांसदले लगाए संसद् छलेको आरोप

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सत्ता पक्षकै सांसदले संसद् छलेको आरोप लगाएका छन् । आज आइतबार बसेको प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले सरकारले संसद् छलिरहेको बताएका हुन् ।
सांसद ओलीले भने, ‘सरकार के का लागि ? सत्ता के का लागि ? यहाँ सयौँको सङ्ख्यामा नागरिकहरू बाढी र पहिरोबाट प्रभावित छन् । धनजनको क्षति भएको छ । सुदूरपश्चिममा मैले भन्नैपर्छ, सुदूरपश्चिमको अवस्थाबारे सरकारले सार्वजनिक गर्नुपर्थ्यो । तर मलाई अचम्म लागिरहेको छ, किन यहाँका मुख्यमन्त्री, मन्त्रीहरू संसद छलिरहेका छन् ? जनताप्रति उत्तरदायी सरकार हुनुपर्छ भन्ने तर प्रदेश सभाप्रति उत्तरदायी नहुने सरकारलाई जनताप्रति उत्तरदायी छ भन्न सकिन्छ ?’
त्यस्तै, सांसद ओलीले अल्पमतको सरकारले कि त चाँडै विश्वासको मत लिनुपर्ने कि त, मार्ग प्रशस्त गर्नुपर्ने पनि विचार व्यक्त गरेका छन् ।
सरकारका मन्त्रीहरू सहभागी नरहेको बैठकमा नेपाली कांग्रेसका विक्रमसिंह धामी, एमालेका राजेन्द्र सिंह रावल, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी छलफलमा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आनन्दीदेवी सदायको मृत्युबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमाेड गरेको अरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा
-
नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
-
पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
-
यस्तो छ ‘मोहर’मा पलको गेटअप
-
ग्लेन फिलिप्सको स्थानमा श्रीलंकाली अलराउण्डर दासुन शनाकालाई भित्रायो गुजरात टाइटन्सले