मोटरसाइकल चोरीको आरोपमा २ जना पक्राउ
आइतबार, १३ साउन २०८१, १६ : १९

काठमाडौँ । काठमाडौँको स्वयम्भूबाट मोटरसाइकल चोरीको आरोपमा २ जना पक्राउ परेका छन् । सो आरोपमा धादिङको गल्छी ५ रैले बस्ने २१ वर्षीय प्रकाश तामाङ र गल्छी ५ सागिने बस्ने २० वर्षीय सरोज तामाङलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
ट्राफिक प्रहरीले प्रकाशलाई बागमती प्रदेश –०२–०३३ प २७८९ नम्बर र सरोजलाई ०२–०३७ प ८८५१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
शुक्रबार नियन्त्रणमा लिइएका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले आइतबार जानकारी दिएका छन् ।
चोरीमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय मर्यादा जोगाउन सकेनन् सभामुखले
-
देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी छन्: शेखर कोइराला
-
भक्तपुर बिस्केट जात्राका लागि रथ निर्माण कार्य अन्तिम चरणमा (तस्बिरहरू)
-
दाङका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ, यन्त्रको प्रयोग बढाइँदै
-
नाडाले स्वीकार गर्यो नाइमाको अस्तित्वः दुवैमा सदस्य बन्न सकिने, कार्यक्षेत्र छुट्याइयो
-
म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा