पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा फैसला हुँदै

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको मुद्दामा फैसला हुँदै छ । सर्वोच्च अदालतले पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा यसअघि तोकिएको निसुमा फैसला सुनाउन लागेको हो ।
न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले २०८१ असार २० गते दुवै पक्षको सुनुवाइ सकेर निसु तोकेको थियो ।
सर्वोच्चले तत्कालीन समयमा साउन १३ गतेका लागि फैसला सुनाउने मिति तय गरेको थियो । त्यसका लागि असार २१ गतेसम्म बहसनोट पेश गर्न सर्वोच्चले सरकार र विपक्षी कानुन व्यवसायीको नाममा आदेश जारी गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेषको फैसलाविरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए । विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी सर्वोच्च गएका थिए ।
विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १० साउन, २०६९ मा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो । जोशीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो ।
सर्वोच्चले आइतबार उक्त मुद्दा मिले नमिलेको बारेमा निर्णय दिने छ । सर्वोच्चले दोषी ठहर गरेमा उनी उक्त अवधि थुनामा बस्नु पर्ने छ भने तोकिएको सम्पत्ति जफत हुनुका साथै बिगो र जरिवाना बुझाउनुपर्ने छ । यदि सफाइ दिएमा उनले भ्रष्टाचार मुद्दाबाट उन्मुक्ति पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजनन् स्वास्थ्य अधिकार संशोधन विधेयक संसद्मा लैजाने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
-
युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकेपछि यस्तो छ रुसको प्रतिक्रिया
-
बार निर्वाचन : एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार को ?
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू