बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
भ्रष्टाचार मुद्दा

निलम्बित मुख्यसचिव अर्यालको बयान सकियो, थुनछेक बहस सुरु

आइतबार, १३ साउन २०८१, १५ : १६
आइतबार, १३ साउन २०८१

काठमाडौँ । निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालको अन्तःशुल्क स्टिकरसम्बन्धी भ्रष्टाचार मुद्दामा  बयान सकिएको छ। आइतबार विशेष अदालतमा  उपस्थित भएका अर्यालको बयान सकिएसँगै थुनछेक बयान सुरु भएको छ । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा अर्यालको बयान लिइएको थियो । बिहान ११ बजेदेखि सुरु भएको बयान केही समय अघि सकिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । 

उनको बयान सकिएकाले अव थुनछेक बहस सुरु भएको उनको कार्कीको भनाइ छ। तत्कालीन मुख्यसचिवसहित ११ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ९ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा भएको अन्तःशुल्क स्टिकर छपाइमा भएको घोटाला प्रकरणलाई लिएर अर्यालसहितका पदाधिकारीविरुद्ध अख्तियारले भ्रष्टाचारले  मुद्दा दर्ता गरेको हो।

अभियोगपत्रमा सञ्चार मन्त्रालयको सचिवका हैसियतमा अर्याल सुरक्षण मुद्रण विकास समितिको अध्यक्ष रहँदा उनले ‘सो समितिलाई तोकिएको कुनै पनि काम कर्तव्य कानुनी रूपमा पालना नगरेको’  उल्लेख  छ।

उनीविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो दाबी गरिएको छ।

आज प्रतिवादी अर्यालका तर्फबाट मात्र बहस हुने छ। बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने बारे अदालतले निर्णय सुनाउने छ। 

भ्रष्टाचार मुद्दा दायर भए लगत्तै उनी मुख्यसचिव पदबाट निलम्बनमा परेका थिए । निलम्बनमा परेपछि सरकारले विशेष दरबन्दी सिर्जना गर्दै उनलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप