पोर्न हेरेपछि किशोरले गरे बहिनीको बलात्कारपछि हत्या
मध्य प्रदेश । गत अप्रिल २४ मा भारतको मध्यप्रदेशको रेवामा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ तथ्य फेला पारेको छ । प्रहरीले किशोर दाजुले मोबाइलमा पोर्नोग्राफिक भिडियो हेरेपछि बालिकालाई यौन दुर्व्यवहार गरेको र त्यसपछि उनको हत्या गरेको पत्ता लगाएको हो ।
उनका आमा र दुई दिदीहरूले घटना लुकाउन मद्दत गरेको पनि प्रहरी अधिकारीको भनाई छ । प्रहरीले घटनाको अनुसन्धान गरी ५० जनासँग सोधपुछपछि पीडितका १३ वर्षीय दाजु, आमा र १७ र १८ वर्षका दिदीबहिनीलाई शनिबार नियन्त्रणमा लिएको थियो ।
घटनाको विवरण दिँदै प्रहरी उपरीक्षक विवेक सिंहले भने, ‘गत अप्रिल २४ मा नौ वर्षीया बालिकाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको थियो, त्यसपछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो ।’
उनले भने, ‘घटनाको समयमा उनी सुतिरहेको घरको आँगनबाट पीडितको शव फेला परेको थियो । परिवारका सदस्यसँग गहन सोधपुछपछि पीडितको १३ वर्षीय दाजु राति उनको छेउमा सुतेको खुलासा भएको थियो । मोबाइलमा अश्लील भिडियो हेरेर किशोरले बहिनीलाई बलात्कार गरेको पत्ता लाग्यो ।’
पीडितले यो कुरा बुबालाई बताइदिने धम्की दिएपछि किशोरले उनको घाँटी थिचेर हत्याको प्रयास गरेपछि आमालाई उठाएर त्यसबारे जानकारी दिए । त्यसपछि उनले पीडित अझै जीवित रहेको थाहा पाए। त्यो देखेपछि आरोपीले फेरि उनको घाँटी थिचेर हत्या गरेको सिंहले बताए ।
यसैबिच उनका दुई दिदीबहिनी पनि उठे र प्रहरीलाई जानकारी गराउनुअघि नै सबैले आफ्नो ओछ्यान परिवर्तन गरे । तर, बारम्बार सोधपुछपछि उनीहरूले अपराध स्वीकार गरेका थिए ।
किशोर, उनका दुई दिदीबहिनी र आमालाई नियन्त्रणमा लिएर थप कानुनी कारबाही भइरहेको सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
कति बन्यो नागढुंगा–मुग्लिन सडक खण्ड, कहिले सकिन्छ काम ?
-
तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण
-
सुदूरपश्चिममा कमैया, कमलरी, हलिया पुनर्स्थापना कार्यविधि भएन कार्यान्वयन
-
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
-
वाशिंटन डीसी हवाई दुर्घटना : प्लेनको ब्ल्याकबक्स भेटियो, कारण खुल्न ३० दिन लाग्ने