पोस्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालय पशु विज्ञानतर्फको नतिजामा बन्यो देशकै पहिलो
काठमाडौँ । नुवाकोटमा रहेको पोस्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालय पशु विज्ञानतर्फको दोस्रो वर्षको दोस्रो खण्डको नतिजामा बन्यो देशकै पहिलो बन्न सफल भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)द्वारा सञ्चालित परीक्षाको नतिजाअनुसार शिक्षालय पशु विज्ञानतर्फ पहिलो बन्न सफल भएको निमित्त शिक्षालय प्रमुख प्रकाश रैलाले जानकारी दिए ।
नुवाकोट र रसुवा जिल्लाकै एकमात्र आंगिक (सरकारी) शिक्षालय यो नतिजाले देशकै अब्बल प्रमाणित भएको उनको भनाइ छ । ‘सिक, कमाऊ र तिर’ भन्ने अवधारणा सहित सञ्चालित शिक्षालयबाट पशु विज्ञान तर्फ परीक्षा दिएका २७ जनामध्ये २४ जना उत्तीर्ण भएको छ । जसअनुसार ८८.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको उनले बताए ।
यस्तै बाली बिज्ञानतर्फ बाग्मती प्रदेशकै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । जसअनुसार २३ जनामा २० जना उत्तीर्ण (८६.९५प्रतिशत) भएको जानकारी गराए । रैलाले नयाँ शैक्षिक सत्रका लागि आवेदन फारम भर्ने बेला भएकाले बाली विज्ञान ,पशु विज्ञान र होटेल व्यवस्थापनतर्फ समयमै शिक्षालयमा जोडिएर सिट सुरक्षित गर्दै आफ्नो उच्च एवं व्यवहारिक शिक्षा लिने उद्गम स्थल बनाउनका लागि अनुरोध गरे । उनले जम्मा रु ६० हजारमै ३ बर्से डिप्लोमा अध्ययन गर्न पाउने समेत बताए ।
शिक्षालयले सञ्चालनयता झन्डै ५०० जनालाई सिप परीक्षण गरिसकेको छ भने १०० जना विद्यार्थीलाई पास आउट गरिसकेको छ । हाल शिक्षालयमा २५० जना विद्यार्थी उत्तीर्ण छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुवाकोटको शेरा दरबारको १६४ रोपनी जग्गा प्रयोजन विपरीत भोगचलन गरेको सीआईबीको निष्कर्ष
-
मुआब्जा नपाएको रेलमार्ग प्रभावितको गुनासो
-
श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे काठमाडौँ आउँदै
-
विद्यालयको नाम र स्थान परिवर्तनमा विरोध भए निवेदन दिन काठमाडौँ महानगरको आग्रह
-
पश्चिम नेपालमा किन गइरहेको छ एकपछि अर्को भूकम्प ?
-
कांग्रेसका नेताहरूले माओवादीसँग ओली सरकार फेर्न प्रस्ताव ल्याएका छन् : वर्षमान पुन