विश्वप्रकाशलाई हरिको चुनौती : डीआईजी केसीको बारेमा बोल्न सक्नुहुन्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई डीआईजी मनोज केसीको सरुवाको विषयमा संसद्मा बोल्न चुनौती दिएका छन् । यसअघिको सरकारले प्रहरीको सरुवा गर्दा संसद्मा शर्माले प्रश्न गरेको भन्दै यसपटक पनि केसीको सरुवाबारे प्रश्न गर्न भनेका हुन् ।
संसद्को आकस्मिक समयमा बोल्दै ढकालले भने, ‘एक अब्बल राष्ट्रसेवक कर्मचारी डीआईजी मनोज केसीलाई कसरी सरुवा गरियो, विश्वासको मत लिएको दुई दिनभित्रमा । के उद्देश्यका लागि ? हामीले सरकार गठन गर्दा जुन उद्देश्यले सरकार गठन गरेको थियो भनेका थियौँ, त्यसै उद्देश्यका लागि सरुवा गरिएको छ ।’
उनले थपे, ‘कांग्रेसका महामन्त्रीज्यूले असार १० गते एउटा पोस्ट गर्नुभएको थियो– इन्स्पेक्टर सरुवाको विषयमा गलत भाष्य साबित गर्नका लागि । म आग्रह गर्न चाहन्छु कांग्रेसका एक महामन्त्रीज्यूलाई डीआईजी मनोज केसीको सरुवाको विषयमा तपाईं बोल्न सक्नुहुन्छ कि हुँदैन यो सदनमा ?’
ढकालले नयाँ गठबन्धन र नयाँ सरकार बन्दै गर्दा आफूहरूलाई यो बन्नुका उद्देश्यहरू थाहा भएको बताउँदै अहिले त्यसका शृङ्खलाहरू देखिन थालेको टिप्पणी गरे ।
उनले भने, ‘सबैभन्दा पहिलो शृङ्खला सरकार गठन पश्चात् मन्त्रीमण्डल बन्दा नै देखिएको थियो । अनुसन्धानको घेरा वरिपरि रहेकाहरूलाई र अनुसन्धान गरिनुपर्नेहरुलाई मन्त्री दिएर पुरस्कृत गरियो । दोस्रो शृङ्खला प्रादेशिक मन्त्रीहरू बनाउँदा देखिएको छ, गुण्डा नाइकेहरू, जेल पुगेकाहरू, अपहरण फिरौती ज्यान मार्ने धम्की, मानवबेचविखन, हातहतियार सम्बन्धी मुद्दा खेपेकाहरूलाई प्रादेशिक मन्त्री बनाइयो ।’ यसैको तेस्रो शृङ्खलामा डीआईजी मनोज केसीको सरुवा भएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ
-
च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे