दीपिकासँगको ब्रेकअपपछि धोकेबाज भनिएकोबारे रणवीरले भने, ‘मानिसहरूलाई पूरा कथा थाहा छैन’
मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणसँगको ब्रेकअपपछि अभिनेता रणवीर कपूरलाई धोकेबाज र कासानोभा भनिएको थियो । वर्षौँअघि दीपिकाले करण जोहरको च्याट शो ‘कफी विथ करण’ मा सोनमसँगै रणवीरका बारेमा धेरै कुरा भनेकी थिइन् ।
अब रणवीरले निखिल कामथको पिपल बाइ डब्ल्यूटीएफ पोडकास्टलाई दिएको अन्तर्वार्तामा यसबारे कुरा गरेका छन् । उनले भने, ‘जब मैले फिल्ममा काम सुरु गरेँ, मलाई प्लेब्वाई भनिन्थ्यो किनभने म अभिनेत्रीसँग डेट गरिरहेको थिएँ । यो मेरो पहिचान बनेको थियो ।
मलाई क्यासानोभा भनिन्थ्यो र धोकेबाजको लेबल मेरो जीवनमा लामो समयसम्म मसँग रह्यो । अझै पनि उस्तै मानिन्छ। मलाई परवाह छैन किनभने यो पूर्णरूपमा सत्य थिएन। मानिसहरूलाई पूरै कथा थाहा छैन किनभने मैले कहिल्यै केही भनिनँ।’
रणवीरले थप भने, ‘म सार्वजनिक रूपमा कसैको बारेमा यस्तो कुरा कहिल्यै बोल्दैन किनभने यी सबै नितान्त निजी कुरा हुन् । तर जुन प्रकारका कुराहरू भनियो र यसले एक व्यक्तिलाई खुसी बनायो, तर मलाई त्यो व्यक्तिसँग कुनै समस्या छैन।’
रणवीर कपुरले करियरको सुरुवाती चरणमा दीपिका पादुकोणलाई डेट गरेका थिए । दुबैजना करिब डेढ वर्ष सम्बन्धमा थिए । फिल्म ‘बचना ए हसीनो’ को सुटिङका क्रममा उनीहरूको घनिष्ठता बढेको थियो तर पछि उनीहरूको ब्रेकअप भयो ।
ब्रेकअप पछि, दीपिका र सोनम कपूर दुवैले ‘कफी विथ करण’ मा रणवीरको डेटिङ लाइफको बारेमा चर्चा गरे । त्यसपछि उनलाई ‘कासानोभा’ को ट्याग दिइयो। दीपिकासँगको ब्रेकअपपछि रणवीर कट्रिना कैफसँग सम्बन्धमा परे । दुवै चार वर्षसम्म लिभ इन रिलेशनशिपमा थिए र त्यसपछि उनीहरूको ब्रेकअप भयो ।
सन् २०१८ मा रणवीर आलिया भट्टको नजिक आए र त्यसपछि २०२२ मा दुवैले विवाह गरे। नोभेम्बर २०२२ मा रणवीर(आलिया राहा नामकी छोरीका आमाबुवा बने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटक बनाउने क्रममा खोलामा खसेर दुई जनाको मृत्यु
-
प्रदेश राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना : तीन जना घाइते
-
जनकपुरले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीमा बिदा
-
वर्तमान सरकारलाई असफल हुने छुट छैन : महासचिव पोखरेल
-
नेपाल प्रिमियर लिग क्रिकेटको पहिलो संस्करणको नालीबेली
-
जसपा नेपालका अध्यक्षद्वारा एनपीएल विजेतालाई बधाई