रास्वपाको महामन्त्री र प्रवक्ता पदमा कायम रहेको भन्दै मुकुलले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट ‘निष्कासित’ भनिएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट हटाएको भनिएको निर्णय वैधानिक नभएको दाबी गर्दै उनले आइतबार आयोगमा निवेदन दिएका हुन् ।
पदीय भूमिकाबाट मुक्त गरेको औपचारिक पत्र हालसम्म नपाएको उनले दिएको निवेदनमा उल्लेख छ ।
राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफूमाथिको कारबाही अवैधानिक भएको उनको निवेदनमा उल्लेख छ ।
पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिन सक्ने निर्णय लिएको थियो । कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको दाबी ढकालले निवेदनमा गरेका छन् ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ को उपदफा २ बमोजिम आफूलाई सफाइ पेस गर्ने मौका समेत नदिइएकोले कारबाही अवैधानिक ठहर्ने निवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : चेन्नईद्वारा पञ्जाबसामु जितका लागि १ सय ९१ रनको लक्ष्य
-
चलचित्र विधेयक विवाद : फिल्मकर्मीले संसद्मा विचार राख्न पाउने
-
गुहेश्वरीमा एक महिला मृत फेला
-
झापामा सडक दुर्घटना, एक जनाको मृत्यु
-
क्याबिनेट बैठक निर्णय : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित, गभर्नर सिफारिस समिति सदस्यमा अधिकारी
-
आँगनमा कुखुरा आएको निहुँमा बुवामाथि गोली प्रहार