स्टिकर ठेक्का प्रकरण
विशेष अदालतमा बयान दिँदै निलम्बित मुख्यसचिव अर्याल, आजै धरौटीमा छुट्ने
आइतबार, १३ साउन २०८१, १३ : ११

काठमाडौँ । निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल विशेष अदालत उपस्थित भएका छन्। भ्रष्टाचार मुद्दामा बयान दिन उनी विशेष अदालत पुगेका हुन् । उनको बयान भइरहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहितको इजलासमा बयान चलिरहेको छ। बयान सकिएपछि उनी आजै धरौटीमा छुट्ने छन्।
अर्यालमाथि अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको मुद्दा दायर भएको थियो। भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर