नागार्जुनमा खुकुरी देखाएर लुटपाट गरेका आरोपमा एक जना पक्राउ
आइतबार, १३ साउन २०८१, १२ : ५४
.._XgtdpHQExw.jpg)
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ स्थित विन्दवासिनी मन्दिर नजिक ४ महिला र एक जना पुरुष लुटिएका छन् । लुटमा संलग्न आरोपमा मकवानपुर घर भएका ५२ वर्षीय धनबहादुर स्याङतानलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
गाडीमा सवार उनीहरुलाई स्याङतानको समूहले खुकुरी देखाएर लुटेका हुन् । आरोपीको साथबाट प्रहरीले २ थान खुकुरी बरामद गरेको छ ।
प्रहरी नायव निरीक्षक यमबहादुर थापा नेतृत्वको टोलीले लुटमा संलग्न आरोपीलाई स्युचाटारबाट पक्राउ गरेका हुन् । आरोपीहरूले ७ तोला ६४ लाख सुन र १३ हजार नगद लुटेको एसपी अधिकारीले बताए । लुटपाटमा संलग्न अरू आरोपीहरू फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ