प्रतिघण्टा २० वर्ग किलोमिटरको दरले फैलिरहेको छ क्यालिफोर्नियाको डढेलो

क्यालिफोर्निया । उत्तर क्यालिफोर्नियाको विभिन्न भागमा फैलिएको डढेलो प्रतिघण्टा २० वर्ग किलोमिटरको दरले फैलिरहेको छ । बुधबारदेखि सुरु भएको ‘द पार्क फायर’ कसैले जानाजान सुरु गरेको आशङ्का गरिएको छ । बट्टे काउन्टीमा रहेको एलिगेटर होलमा जलिरहेको कार फालेर डढेलोको सुरुवात गरेको आरोपमा एक ४२ वर्षीय पुरुष बिहीबार पक्राउ परेका छन् ।
डढेलोले चिकोको उत्तर पूर्वमा ३ लाख ४८ हजार क्षेत्रफल सखाप पारिसकेको बताइएको छ । शनिबारसम्म आगलागी नियन्त्रणमा आउन नसकेको राज्यको आगलागीसम्बन्धी एजेन्सी काल फायरले जानकारी दिएको छ । करिब २५ सय अग्नि नियन्त्रकहरू डढेलोसँग जुधिरहेका छन् । तर, भिरालो जमिन र तीव्र हावाका कारण उनीहरूलाई यसलाई नियन्त्रण लिन सकस परिरहेको छ ।
यो वर्ष सो राज्यमा लागेको सबैभन्दा ठुलो डढेलो हो । सन् २०१८ मा यस क्षेत्रमा लागेको डढेलोमा परेर ८० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी