‘ह्रस्व दीर्घ’ले कि पोस्टरमा राख्यो बलिउड कलाकार

काठमाडौँ । असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म हो ‘ह्रस्व दीर्घ’ । फिल्मका निर्देशक चन्द्र पन्त हुन् ।
निर्माण युनिटले आइतबार फिल्मको एक नयाँ पोस्टर समेत सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा हरिहर अधिकारी, कबीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार लगायत नेपालीदेखि साउथका कलाकारसम्म अटाएका छन् । नयाँ पोस्टरले फिल्म प्रति दर्शकलाई उत्साहित जगाउन बलिउड कलाकार समेत राखिएको निर्देशक पन्तले बताए ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माता धनञ्जय गलानी हुन् । फिल्ममा नीता ढुंगाना, ब्रह्मानन्दम, अली, सञ्चीता लुइँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्म बलिउडका चर्चित छायाकार कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा बन्ने यो फिल्मलाई मनोज राठी र उज्ज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाको असर : बल्खु क्षेत्रमा व्यापारीले लगाए सटर
-
जय राष्ट्रवादको नारा लगाएर बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा
-
मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली
-
घरजग्गा कारोबार किन शिथिल ?
-
कांग्रेसका मुख्य भ्रातृ संस्थामा ‘टीके नेतृत्व’, निर्धारित समयमा महाधिवेशन नहुने निश्चित
-
आफ्ना तीन सन्तानका लागि सम्पत्तिको १ प्रतिशत मात्रै छाड्दैछन् बिल गेट्स