यातायात व्यवसायीको आन्दोलन : पृथ्वीचोकमा स्कुटरमाथि तोडफोड
आइतबार, १३ साउन २०८१, ११ : ४६
![यातायात व्यवसायीको आन्दोलन : पृथ्वीचोकमा स्कुटरमाथि तोडफोड](https://npcdn.ratopati.com/media/news/pokhara-yatayat-byabasai-todfod_Fu4H3A6A9p.jpg)
पोखरा । राइड शेयरिङ विरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायातका चालक र सहचालकहरूले स्कुटरमाथि तोडफोड गरेका छन् । पृथ्वी चोकमा ग २० प ३९७३ को स्कुटरमाथि तोडफोड गरेका हुन् ।
आन्दोलनरत पक्षले पत्रकार र अन्य सर्वसाधारणमाथि पनि दुर्व्यवहार र हुलहुज्जत गरिरहेका छन् । पत्रकार बिना थापा र सुरज थापा माथि दुर्व्यवहार गर्दै सार्वजनिक सवारीका चालकहरूले पत्रकार सुरज थापाको स्कुटरमा तोडफोड गरेका हुन् । नजिकै प्रहरी भए पनि नियन्त्रण गर्न नसकेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित
-
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात
-
सैफ अली खानमाथि आक्रमण भएको रात छोराले सोधेको थियो - तिमी मर्न लागेको हो र ?
-
नाबालिगलाई घरेलु कामदार बनाउने एमाले सांसदविरूद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय