शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक सुरु

आइतबार, १३ साउन २०८१, ११ : ३७
आइतबार, १३ साउन २०८१

काठमाडौँ । माओवादी केन्द्रको तेस्रो दिनको पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि जारी बैठकमा वर्तमान परिस्थिति र पार्टी निर्माणमा बहस केन्द्रित भइरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थिति र आगामी कार्यभार सम्बन्धमा बैठकलाई ब्रिफिङ गरेका थिए । शनिवारसम्म वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू  अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, उपमहासचिवहरू वर्षमान पुन, शक्तिबहादुर बस्नेत, सचिवहरू राम कार्की, चक्रपाणि खनाल, हितराज पाण्डेले विचारको विकास र पार्टी निर्माणबारे धारणा राखेका थिए ।

१० वर्षपछि पहिलो प्रतिपक्षमा पुगेको माओवादीले गम्भीर समीक्षा गरी आगामी कार्ययोजना बनाउन लागेको छ । पदाधिकारी बैठकले स्थायी समिति बैठक बोलाउने प्रवक्ता सापकोटाले बताए । स्थायी समितिले एजेन्डा तय गरेपछि भदौमा केन्द्रीय समिति बैठक बोलाउने योजनामा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप