बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ग्लोबल टी–२० क्यानडामा कस्तो रह्यो रोहितको प्रदर्शन ?

आइतबार, १३ साउन २०८१, ११ : १७
आइतबार, १३ साउन २०८१

ब्राम्पटन । ग्लोबल टी–२० क्यानडा २०२४ मा नेपाली राष्ट्रिय टोलीका कप्तान राहितकुमार पौडेलको टोली टोरोन्टो नेसनल विजयी भएको छ । शनिबार भएको खेलमा टोलीले ब्राम्पटन वूल्भ्सलाई ८ विकेटले पराजित गरेको हो ।

ब्राम्पटनले प्रस्तुत गरेको १ सय १० रनको लक्ष्य टोरोन्टोले मात्र १३.२ ओभरमा मात्र २ विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो । टोरोन्टोका लागि उन्मुक्त चन्दले अर्धशतकीय इनिङ्स खेले उनले ४० बलमा ५३ रन जोड्दै टोलीलाई सहज जित दिलाए ।

खेलमा पौडेलले ब्याटिङ गर्न पाएनन् । यसअघि उनले बलिङ नगरे पनि उत्कृष्ट फिल्डिङ गरेका थिए । उनले एरोन जोन्सोनलाई रनआउट गर्न महत्त्वपूर्ण भूमिका खेले भने अखिल कुमारलाई क्याच आउट गरेका थिए ।

टोरोन्टो लगातार दोस्रो जित हासिल गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप