भारत : कोचिङ इन्स्टिच्युटको बेसमेन्टमा पानी भरिँदा तीन जनाको मृत्यु
आइतबार, १३ साउन २०८१, ०९ : ४०

नयाँ दिल्ली । दिल्लीको एक कोचिङ इन्स्टिच्युटको बेसमेन्टमा पानी भरिँदा तीन जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार फेला परेको शव दुई छात्रा र एक छात्रको रहेको छ ।
यो दुर्घटना दिल्लीको राजेन्द्र नगर क्षेत्रमा रहेको यूपीएससी कोचिङ सेन्टरमा शनिबार भएको हो । तीनै जना विद्यार्थी युपीएससी सिभिल सर्भिस परीक्षाको तयारी गरिरहेका थिए ।
मध्य दिल्लीका डीसीपी एम हर्षवर्धनले मृत्यु भएका सबैको शव निकालिएको बताएका छन्। यस सम्बन्धमा कानुनी प्रक्रिया पूरा भइरहेको छ ।
बेसमेन्टबाट लगातार पम्पमार्फत पानी निकाल्ने काम भइरहेको पनि उनले बताए । बेसमेन्टमा फसेका १३–१४ विद्यार्थीको उद्धार गरिएको छ । तीमध्ये तीन जनालाई अस्पताल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाडाले स्वीकार गर्यो नाइमाको अस्तित्वः दुवैमा सदस्य बन्न सकिने, कार्यक्षेत्र छुट्याइयो
-
म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
-
‘जनै हराएको बाहुन’ शुभमुहूर्त, सोमबारबाट फ्लोरमा
-
निरन्तर २५ वर्ष बिताएर बायर्न म्युनिखबाट अलग हुँदैछन् थोमस मुलर
-
कुलमान पुनर्बहालीको माग गर्दै राजधानीमा प्रदर्शन, तस्बिरहरू
-
काभ्रे–कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै