बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सन्दीपको टोलीको लगातार दोस्रो हार

आइतबार, १३ साउन २०८१, ०९ : ३१
आइतबार, १३ साउन २०८१

ब्राम्पटन । ग्लोबल टी–२० क्यानडा २०२४ मा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीको टोलीले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार राति भएको खेलमा भ्यानकुभर नाइट्स बंगला टाइगर्स मिस्सिसाउगासँग पराजित भएको हो ।

बंगला टाइगर्सले भ्यानकुभरलाई २२ रनले हरायो । १ सय ५३ रनको लक्ष्य पछ्याएको भ्यानकुभरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३० रन मात्र बनाउन सक्यो ।

टोलीका लागि हर्ष ठाकेरले नट आउट रहँदै ६७ बलमा ७९ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलमा दीपेन्द्र सिंह ऐरी मात्र १ रन बनाएर आउट भए भने सन्दीप २ रन बनाउँदै नटआउट रहे । बंगला टाइगर्सका लागि शाकिब अल हसनले ३ विकेट लिए । 

यसअघि इफ्तिकार अहमदको अर्धशतकको मद्दतले बंगला टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ५० रन बनाएको थियो । भ्यानकुभरका लागि सन्दीपले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर २ विकेट लिएका थिए ।

दोस्रो हारसँगै भ्यानकुभर अङ्क तालिकामा पुछारबाट दोस्रोमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप